२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने पर्साका दुई दर्जन पत्रकार सम्मानित

कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने पर्साका दुई दर्जन पत्रकार सम्मानित


जनकपुर—भाइजान्स अफ वीरगंज नाम गैरसरकारी संस्थाले पर्साका पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गरेर पत्रकारलाई सम्मान गरिएको हो ।

कोरोना भाइरसको संक्रमणले उत्पन्न गरेको महामारीको बेलामा पनि पर्साका पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्टलाइनमा रही सत्यतथ्य समाचार सम्प्रेषण गरेर महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । पत्रकारको हौसला बढाउन र जिम्मेवारीपूर्वक काम गर्न उत्साह बढने उद्धेश्यले दोसल्ला र प्रशंसा पत्रसहित सम्मान गरिएको भाइजान्स अफ वीरगंजका अध्यक्ष नौसाद अन्सारीले बताए ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, पर्साका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, बिबिसी नेपाल वीरगंजका संवाददाता माधुरी महतोलगायत २५ जना पत्रकारलाई सम्मान गरिएको भाईजान्स अफ वीरगंजका सचिव जुनेद अहमदले बताए ।

त्यसैगरी संस्थाले कोभिड—१९ कोरोना भाइरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आइरहेका वीरगंजका चिकित्सक, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि सम्मान गरेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ