२०८० मंसीर १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, वीरगन्जमा थप एकको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, वीरगन्जमा थप एकको मृत्यु


जनकपुर – कोरोना संक्रमणका कारण वीरगन्जमा थप एक जना महिलाको मृत्यु भएको छ । बीरगंज महानगरपालिका वडा नं १० निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको छ । नाारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा १६ दिनदेखी उपचार भइरहेकी महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको महिलामा फोक्सो फाइब्रोसिस पनि देखिएको थियो ।

योसँगै पर्सामा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ४३ पुगेको जिल्ला प्रशासन कार्यालयको पर्साले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ