गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु धेरै पढिएका १ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा २ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ३ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ७ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त My Journey Against Myeloma