गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’