२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गौशाला नगरपालिकाको स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

गौशाला नगरपालिकाको स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न


जनकपुर– सामुदायिक स्वास्थ्य संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्नका लागि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

बुधवार गौशाला नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक बर्ष २०७६÷०७७ को स्वास्थ्य संस्थाको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख महतोले तोकिएकै समयमा उत्कृष्ट कार्य सम्पादन गर्दैे जिम्मेवारी पुरा गर्नका लागि स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन् ।

‘उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तपाईहरु तयार गर्नुस्,’ स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै  महतोेले भने, ‘नगरपालिका हरेक किसिमको सहयोग गर्नका लागि तयार छ । चाहे भौतिक सुविधा होस या स्वास्थ्यसँग सम्बन्धित विषयवस्तु नगरपालिका समयमै वातावरण निर्माण गर्न तयार छ ।’

नगरप्रमुख महतोले स्वास्थ्य शाखाका संयोजकलाई निर्देशन दिदै भने ‘तपाई अनुगमन गर्नुस्, गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई हौसला बढाउनुस् । अब कार्यालयमा बसेर कलम चलाएर मात्र भएन, फिल्डमा गएर समस्या पहिल्याउनुहोस् ।’

नगरभित्र रहेका हरेक स्वास्थ्य संस्थामा रहेको भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिका तयार रहेकोेले यही आर्थिक बर्षमा सो कार्य पुरा हुने नगरस्वास्थ्य संयोजक रामप्रकाश महतोले जनाए ।

हरेक स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल सामग्री र औषधीहरु समयमै पुर्ति गरिदिन प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका ईन्चार्ज विजय कुमार सिंहले आग्रह गरे ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ