२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २तलब नपाएपछि जानकी मेडिकल कलेजका कर्मचारी १५ दिनदेखि अस्पताल परिसरमै धर्नामा

तलब नपाएपछि जानकी मेडिकल कलेजका कर्मचारी १५ दिनदेखि अस्पताल परिसरमै धर्नामा


जनकपुर—धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी तलब नपाएपछि पुनः आन्दोलित बनेका छन् । मेडिकल कलेजले तलब नदिएपछि उनीहरु विगत १५ दिनदेखि कलेज परिसरमा धर्नामा बसेका हुन् ।

६ वर्षदेखि बाँकी रहेको सञ्चय कोष, दसैं खर्च, नियमित तलब भत्ता पाउनुपर्नेलगायतका माग राख्दै कर्मचारीहरू धर्नामा बसेका छन् । पटक—पटक तलब उपलब्ध गराउन भने पनि कलेजले वास्ता नगर्दा धर्ना बस्नु परेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

यसअघि भदौ १५ मा कर्मचारीले अस्पतालमा तालाबन्दी समेत गरेका थिए । तलब नदिएसम्म ताला नखोल्ने अडान कर्मचारीले राखेपछि अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरी कार्यालयमै कलेजका तर्फबाट प्रशासन प्रमुख दयानन्द गोइत र कर्मचारीबीच तीन बुँदे सम्झौता भएको थियो ।

सम्झौतामा असोज ४ गतेसम्म कर्मचारी र कलेज दुवै पक्षले लेखापाल राखेर हिसाब निकाल्ने, असोज १ गते तालाबन्दी खोल्ने र असोज ३० गतेसम्म कलेजका अध्यक्ष आएर कर्मचारीको समस्या समाधान गर्ने उल्लेख छ । तर, सम्झौता कार्यान्वयण गर्न कलेज तयार नभएपछि पुनः बाध्य भएर आन्दोलन गर्नु परेको कर्मचारीहरुले बताएका छन् ।

सम्झौता कार्यान्वयण नगरेपछि बाध्य भएर धर्नामा बसेको कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष उमेश यादवले बताए । उनले तलब माग्दा उल्टै आफूलाई स्पष्टीकरण सोधेको गुनासो गरे । माग पूरा गर्ने सम्झौता गरेका प्रशासन प्रमुख दयानन्द झाले नै किन आन्दोलन गरेर कलेजलाई समस्यामा परेको भन्दै स्पष्टीकरण सोधेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ