२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको भंगहा नपाका मेयर साहमा कोरोना पुष्टि

महोत्तरीको भंगहा नपाका मेयर साहमा कोरोना पुष्टि


जनकपुर – महोत्तरीको भंगहा नगरपालिका प्रमुख संजिव साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गएको सोमबार बर्दिबासमा स्वाब परीक्षण गराउँदा मेयर साहको रिपोर्ट पोजेटिभ आएको हो ।

चारदिन अघि उनलाई ज्वरो र समान्य रुघाखोकी लागेको थियो । चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मेयर साहले समाजिक संजालमा आफुलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा आएकाहरुलाई समेत सचेत भएर बस्न र स्वास्थ्यमा कुनै समस्या भए कोरोना परिक्षण गराउन आग्रह गरेका छन् । यसको साथै उनले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ