२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड खोप कार्यक्रममा व्यापक अनियमितता, स्वास्थ्य प्रमुख यादवलाई पदबाट हटाइयो

कोभिड खोप कार्यक्रममा व्यापक अनियमितता, स्वास्थ्य प्रमुख यादवलाई पदबाट हटाइयो


धनुषा – सिरहाको लहान नगरपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता गरेको  भन्दै स्वास्थ्य शाखा प्रमुखलाई पदबाट हटाइएको छ । लहान नगरपालिका कोभिड राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई कारवाहीस्वरूप पदबाट हटाइएको हो ।

उक्त बैठकले थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको छ । १८ जेठमा लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाको स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वयमसेविका र सुरक्षाकर्मीलाई दिएको थियो ।

फ्रन्ट लाइनमा काम गर्नेहरुलाई दिनुपर्नेमा मापदण्ड विपरित व्यापारी, शिक्षक र अन्य नजिकका नातेदारहरुलाई वितरण गरेकोमा व्यापक विरोध भएपछि लहान नगरपालिका राहत कोष व्यवस्थापन समितिले यस्तो कारवाही गरेको लहान नगरपालिका प्रवक्ता राजकुमार साहले वताए ।

मापदण्ड तोकिएका फ्रन्टलाइनका व्यक्तिहरुलाई खोप दिएपछि बाँकी रहेका खोप प्रति खोप ६ हजारको दरले व्यापारी र अन्य व्यक्तिहरुलाई दिएपछि व्यापक विरोध भएपछि आफूहरुको ध्यान आकर्षित भइ स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवलाई जिम्मेबारीबाट हटाइ थप कारवाहीको लागि निर्णय गरिएको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले बताए ।

यता, स्वास्थ्य प्रमुख यादवले स्वास्थ्यकर्मीहरुले खोप लिइनेहरुको विवरण तयारी गर्न व्यस्त रहेको बेला लहान नगर प्रहरीले प्रवेशद्वारबाट छिर्न दिएकाहरुलाई मात्रै खोप दिएकोले प्रहरीले के गर्यो आफूलाई थाहा नभएको भन्दै यसमा स्वास्थ्यकर्मीहरुको कुनै गल्ती नरहेको बताए ।
गोप्य सुचनाअनुसार कार्यवाहीमा परेका यादव कुरा मिलाउन स्थानीय नेताहरुसँगको भेटघाटलाई तीव्र पारेका छन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ