२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमेलुङमा स्वास्थ्य सेवा विस्तार

मेलुङमा स्वास्थ्य सेवा विस्तार


चरिकोट–दोलखाको मेलुङ गाउँपालिकाले स्वास्थ्य शाखा विस्तार गरेको छ । गाउँपालिका र मेलुङ स्वास्थ्य शाखामार्फत वडा नं. ४ शहरेमा सामुदायिक स्वास्थ्य इकाई (सिएयु) स्थापना गरिएको हो ।

बुधबारबाट स्वास्थ्य सेवा प्रवाह हुने गरी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा पाउनको लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र अपायक पर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाईहरु स्थापना गर्ने अध्यक्ष थोकरले बताए ।

पालिकाका अध्यक्ष थोकरबाट उद्घाटन गरिएको यस स्वास्थ्य इकाईबाट वडा नं. ४ को माथिल्लो भूगोलमा बसोवास गर्ने विशेष गरी शहरे, माथिल्लो दुम्बुवा, लहरे, सारंङ्थली, तितेचौर, ढुग्रेडाँडा, छिरुवा, रमिते आदिका बस्तीका ३५० भन्दा बढी घरधुरीले यसबाट प्रत्यक्ष सेवा प्राप्त गर्नेछन् ।

स्वास्थ्य इकाई सञ्चालन हुनु पूर्व सामान्य उपचारको लागि पनि डेढ दुई घण्टा पैदल हिडेर भञ्ज्याङ, वुद्धचोक वा मेलुङ पुग्नु पथ्र्यो । अब बढीमा आधा घण्टा हिडेपछि स्वास्थ्य सेवा प्राप्त गर्न सकिने पालिकाका प्रवक्ता नवराज खड्काले बताए ।

यस स्वास्थ्य इकाईमा स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत (प्राथमिक उपचार, खोप सेवा, गर्भवती चेक जाँचसहित ६२ थरीका औषधि) सेवा प्राप्त गर्ने छन् भने २ जना स्वास्थ्यकर्मीबाट सेवा उपलब्ध गराइने छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ