२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखाको दुर्गम गाउँ वेदिङमा स्वास्थ्य शिविर

दोलखाको दुर्गम गाउँ वेदिङमा स्वास्थ्य शिविर


चरिकोट—दोलखाको उत्तरी दुर्गम गाउँ वेदिङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिकाद्धारा सञ्चालित निःशुल्क घुम्ती स्वस्थ्य शिविर गौरीशंकर वडा नं. ९ गौरीशंकरको वेदिङमा सम्पन्न भएको हो ।

३ हजार ७४३ मिटरको उचाइमा रहेकोे वेदिङका स्थानीय जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थिए । शिविरमा अपांग कार्ड वितरण, क्षयरोग, छाला रोग परीक्षण, आँखा, रुघाखोकी, ज्वरो, खकारलगायत रोगहरुका लक्षणअनुसार नमुना संकलन गरी परीक्षण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्तराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य शिविरमा रोग पहिचान गरी निःशुल्क औषधिसमेत वितरण गरेको बताए । पालिकाद्वारा सञ्चालित निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य शाखा प्रमुख वसन्तराज रेग्मीले नेतृत्व गरेका थिए ।

उक्त स्वास्थ्य टोलीमा लेखापाल तुल्सीराम कट्टेल, डा. सन्तोष यादव, हेल्थ असिष्टेन्ट वुद्धिमान तामाङ, हेल्थ असिष्टेन्ट धर्मेन्द्रजंग हमाल, ल्याव असिष्टेन्ट सञ्जु के.सी, अ.न.मी. भावना उप्रेती, वडा सचिव छविप्रकाश ओली र अ.हे.व. दिनेश घतानी सहभागी रहेको थियो ।

पालिकाले विभिन्न दिवस, सन्दर्भपारी निःशुल्क घुम्ति स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । घुम्ती शिविरमा वेदिङका स्थानीय जेष्ठ नागरिक, विद्यार्थी, बालवालिका, पर्यटकलगायतले सेवा लिएका गौरी शंकर स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख एवं हेल्थ असिष्टेन्ट धर्मेन्द्रजंग हमालले जानकारी दिए । उनकाअनुसार दुर्गम क्षेत्र रोल्वालिङ उपत्यकाका वेदिङ र ना गाउँका विपन्न, गरिब र असहायलाई निःशुल्क घुम्ती शिविरले राहत पुगेको बताएका हुन् । उक्त शिविरमा स्थानीय तथा पर्यटकहरु गरी ४० जनाले सेवा लिएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ