२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशयुवा संघ दोलखाद्वारा रक्तदान

युवा संघ दोलखाद्वारा रक्तदान


चरिकोट—युवा संघ दोलखाले खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम चरिकोटमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेको युवा संघ दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले जानकारी दिए । रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, युवा, पत्रकार, विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

कार्यक्रम युवा संघ दोलखाका अध्यक्ष रामहरि शिवाकोटीको अध्यक्षता र नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य शिवप्रसाद भण्डारी, जिल्ला कमिटी दोलखाका अध्यक्ष भीम दाहाल, रेडक्रस दोलखाका सभापति ईश्वरीप्रसाद दाहाल र रेडक्रसकर्मी गोकर्णप्रसाद पोखरेललगायतका उपस्थित रहेका थिए ।

जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटीले मासिक रुपमा रक्तदान कार्यलाई निरन्तरता दिइरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ