२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशविपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा

विपन्न नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा


चरिकोट—आर्थिक रुपले पिछडिएका, न्यून आय भएका विपन्न पहिचान नागरिक बिरामी भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । बिरामी भएको खबर वडाका जनप्रतिनिधि जोकोहीलाई खबर गरेमा उम्बुलेन्स खर्च वापत भीमेश्वर नगरपालिका—५ दोलखाले निर्णय गरिएको छ ।

भीमेश्वर नगरपालिका—५ का वडा समितिको निर्णयअनुसार निम्न कागजात पूरा गरेर वडा कार्यालयमा पेश गरेमा नगद पाँच हजार भुक्तानी गर्ने वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए ।

नगद भुक्तानीको लागि नेपाली नागरिकताको प्रतिलिपि, एम्बुलेन्सलाई तिरेको रकमको बिल भर्पाइ र काठमाडौंका जुनकुनै अस्पतालमा भर्ना भएको बिरामी कार्ड वडा कार्यालयमा पेश गर्नु पर्नेछ ।

यस वडा नं. ५ ले आफ्ना नागरिकहरुलाई स्वस्थ र निरोगी राख्नको लागि स्वास्थ्यकर्मीलाई घर घरमै लगेर स्वास्थ्य परीक्षण र हर्लिस, फलफूल वितरण गर्दै आएको वडाअध्यक्ष बासु श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ