२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश१४ दिनपछि क्रिमसन अस्पतालमा सेवा सुचारु

१४ दिनपछि क्रिमसन अस्पतालमा सेवा सुचारु


बुटवल – कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि शील भएको रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित क्रिमसन अस्पताल बुधबारबाट पुनः सञ्चालनमा आएको छ । अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारण जेठ ७ गते निधन भएको थियो ।

त्यसपछि यहाँका चिकित्सकसहितका स्वास्थ्यकर्मी अस्पतालमैं क्वारेन्टाइनमा बसेका थिए । निधन भएका बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अन्यकर्मचारी तथा बिरामीको कुरुवा समेत २९ जनाको स्वाब टेस्टको नतिजा नेगेटिभ आएको थियो । अस्पताललाई पूर्ण रुपमा डिष्इन्फेक्सन बनाइ बुधबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेलले जानकारी दिए ।

अस्पतालले बुधबारबाट आइसियु बाहेकका सबै सेवा सुरु गरेको थियो । अस्पताल बन्द भएपछि सेवाग्राही मर्कामा परेका थिए । यहाँ कार्यरत चिकित्सकले समेत बाहिर क्लिनिक बन्द गराएका थिए । निर्देशक पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा सहयोग गर्ने सरकारी निकायहरु, संघसंस्था लगायत सबैप्रति आभार प्रकट गरेका छन् । साथै उनले आगामी दिनमा पनि अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

क्रिमसनले लडकाउनको समयमा समेत ओपिडी सेवा सञ्चालन गरेको थियो । सरकारी अस्पतालले समेत ओपीडी बन्द गर्दा क्रिमसनले सेवा दिएपछि यहाँ बिरामीको भीड लाग्दै आएको थियो । रुपन्देहीको मध्यभागमा अवस्थित क्रिमसन एक सय शैंयाको निजी अस्पताल हो । यहाँ आइसियु, डायलासिस, क्याथल्यावसहितका सेवाहरु उपलब्ध छन् । बुटवल र भैरहवाका अस्पताल बन्द हुँदा यहाँ सेवा खुला रहेकोमा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ