२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘सेकेन्ड वेभ’को तयारी आवश्यक : मन्त्री बराल

‘सेकेन्ड वेभ’को तयारी आवश्यक : मन्त्री बराल


बुटवल – प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले ‘सेकेन्ड वेभ’को तयारी आवश्यक रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले मंगलबार बुटवलमा आयोजना गरेको कोभिड –१९ समिक्षा तथा सिआईसिटिटी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले ‘दोस्रो वेभ’ भयानक हुन सक्ने भन्दै त्यसतर्फ सर्तक हुनुपर्नेमा जोड दिए ।

उनले प्रदेशमा कोभिड –१९ को पुर्व तयारीका साथ काम गर्दा संक्रमणको दरका आधारमा क्षती कम भएको दावी गरे । उनले क्षती न्यूनिकरण गर्न पूर्वतयारी जरुरी रहेको बताए ।  संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बजेटको कमी हुन नदिने भन्दै मन्त्री बरालले उच्च मनोवलको साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिए । ‘बजेट कमी हुने छैन् । तपाईहरु नै हो यो युद्धको सिपाही आत्मवल उचो बनाएर काम गर्नुहोस् । प्रदेश सरकार तपाईहरुको साथमा छ ।’,उनले भने ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले कोभिड १९ नियन्त्रण गर्न समूहिक प्रयासबाट सफल हुन सकिने बताए । उनले समुदाय स्तरबाट तोकिएका नियम पालना गरिनु पर्नेमा जोड दिए ।  कार्यत्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा महेश्वर श्रेष्ठ, वरिष्ठ स्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरी लगायतले कोभिड नियन्त्रण तथा रोकथाम चुनौतीपुर्ण रहेकोले सवै क्षेत्रबाट सामना गर्नुको विकल्प नरहेको बताएका थिए ।

समिक्षा कार्यक्रममा प्रादेशिक अस्पतालहरुका मेसुहरु, कोरोना विशेष आईशोलेसन अस्पतालका फोकलपर्सन, स्वास्थ्य कार्यालयहरुको फोकल पसर्नहरुले रिपोटिङ गर्दै अवस्थाका बारेमा जनाकारी गरएको थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ