२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसमुदायस्तरमा तीव्ररुपमा कोरोना फैलिएपछि मोफसलको केन्द्र बुटवलमा लकडाउन

समुदायस्तरमा तीव्ररुपमा कोरोना फैलिएपछि मोफसलको केन्द्र बुटवलमा लकडाउन


बुटवल – प्रदेश ५ को केन्द्रका रुपमा रहेको बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले बुधबार देखि भदौ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

बुधबार साँझ बसेको नगर कार्यपालिकाकाको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको उपपमहनगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बताइन् । सरकारले लकडाउन हटाए पछि बजारमा सावधानी अपनाउन छाडिएको थियो । जसकारण कोरोना संक्रमण समुदायस्तरमा फैलिएको आकलन सहित बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णयमा पुगको छ ।

लकडाउन गरिएकोले बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएको उनले बताइन् । लकडाउन भने आगामी भदौ ५ गते सम्म हुनेछ । ‘यो लकडाउन सामान्य हुने छन्। पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ, आचार्यले भनिन्, ‘यसको कार्यन्वयन कडाइका साथ हुनेछ ।’

लकडाउन अवधिमा अत्यावश्यकबाहेक अरु सबै सेवाहरु ठप्प हुने छन् । कलकारखाना, उद्योगधन्दा, पसललगायत सबै क्षेत्र पूर्णरुपमा बन्द रहनेछन् । यता, तिलोत्तमा नगरपालिकाले पनि अतिआवश्यकीय सेवा बाहेक कार्यालयबाट हुने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै नगरपालिकाले मानवीय जनजीवनमा कडाइ गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

अघिल्लो साता हाटबजारलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । तर, बुटवलको थोक बजारमा अस्वाभाविक भिडभाड भएपछि उपमहानगरपालिकाको आलोचनासमेत हुँदै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ