२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसमाजिक विकास मन्त्रालयका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण

समाजिक विकास मन्त्रालयका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण


बुटवल – प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पुष्टी भएपछि मन्त्रालयका सबै  कर्मचारीहरुको स्वाव संकलन गरिएको मन्त्रालयका स्वास्थय निर्देशक डा. विनोद कुमार गिरीले जनाकारी दिए ।

‘पहिलो चरणमा उहाँसँग कोलोज कन्ट्याकमा आएकाहरुको स्वाव संकलन गरिएको छ । त्यसपछि सम्पर्कमा आएका व्यक्तिको पनि स्वाब संकलन गरिने छ ।’ ,उनले भने ।  मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित तथा सक्रिय रूपमा खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र डाक्टर गिरी सहित केही कर्मचारीको स्वाब पनि परीक्षण गरिएको थियो । उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ