२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड–१९ को द्रुत परीक्षण सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड–१९ को द्रुत परीक्षण सेवा सुरु


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड–१९को द्रुत परिक्षण सेवा शुरु भएको छ । अस्पतालमा आकस्मिक उपचारमा आउने विरामीहरुलाई लक्षित गरि सेवा सुरु गरिएको हो ।

शुक्रबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त मेशिनबाट आफ्नै स्वाव परीक्षण गरी सेवा शुभारम्भ गरेका हुन् । यस प्रकारको मेसिनले चिकित्सकहरुमा कोरोना संक्रमण देखिने दरमा कमी आउने विश्वास मन्त्री बरालको छ ।

यो सेवासँगै सुरु भएपछि अस्पतालमा आउने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा ‘एक्सपर्ट एक्सप्रेस सार्स-कोभ-टु’ परीक्षण सेवा शुरु गरीएको मेसु डा.खनालले बताए ।

अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवालाई बिस्तार गरिएको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताए । क्षयरोगीहरुको परिक्षण हुदै आएको जिन एक्सपट मेशिनको कार्टेजसँगै बायोसेफ्टी क्याबिनेट थप गरि कोभिड १९ को परिक्षण शुरु गरिएको उनको भनाइ छ ।  अमेरिकाले बनाएको यो मेशिन करिब ढाई महिना अघि विश्व स्वस्थ्य संगठनबाट मान्यता प्राप्त भएको थियो । यो मेसिनले एक घण्टामा ४ जनाको परिक्षण गर्न सक्ने क्षमता छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना ल्याब टेक्नीसियनहरु स्वाव परीक्षणमा खटिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ