२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपिलवस्तुमा चिकित्सकमाथि दुर्व्यवहार : दोषीमाथि कारवाही गर्न चिकित्सक संघ लुम्बिनीको माग

कपिलवस्तुमा चिकित्सकमाथि दुर्व्यवहार : दोषीमाथि कारवाही गर्न चिकित्सक संघ लुम्बिनीको माग


बुटवल-कपिलवस्तु अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा. इन्द्र ढकाल तथा महासचिव डा. सन्तोष पोखरेलले शनिबार एक विज्ञप्ती जारी गर्दै कपिलवस्तु अस्पतालमा चियाले जलेर उपचारका लागि ल्याइएकी एक बर्षीय बालिकाको निधनपछि चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख छ ।

विज्ञप्तीमा जिल्ला प्रशासनमा दिइएको निवेदनमाथि पनि तुरुन्त सुनुवाईको माग गरिएको छ । ‘घट्ना पश्चात जिल्ला प्रशासनमा अस्पताल प्रशासनले बुझाएको निवेदन उपर पनि छिट्टै कारवाही गर्ने आश्वासन पाए पनि एक हप्ता बितिसक्दा पनि कुनै कारवाही अगाडी नवढेकोमा हामी खेद प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता किसिमका घट्नाले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने देखिन्छ ।’

संघले दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ । ‘दोषीलाई तुरुन्त कानुनी दायरामा लिई कारवाही अघि बढाउन अञ्चल शाखा माग गर्दछ । अन्यथा अन्य गम्भीर कदम चाल्न संघ बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।

के भएको थियो घटना ?

कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बर्षकी बालिकाको गत शनिबार मृत्यु भएको थियो । दिउँसो ५ बजे गुलाम मुसलमानकी छोरी सोफियालाई चियाले पोलेपछि उपचारका लागि कपिलवस्तु अस्पतालमा लगिएको थियो ।

शुद्धोदन गाउँपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाउँदै आएका थिए । पसलमा आमा निशा खातुनले चिया खाइरहेका बेला छोरीले तान्दा छातीमा तातो चिया पोखिएको थियो । चियाले पोलेपछि वालिकालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको मृतकका बाबुले बताए । अस्पतालमा पु¥याएको केही बेरमा उनकी छोरीको मृत्यु भएको थियो ।

आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालका सामाग्री तोडफोड गरेका थिए ।
बालिकाको उपचारमा लापरबाही नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । ‘प्रक्रिया र पद्धतिअनुसार नै काम गरिरहेका छौं । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अमानवीय गतिविधी हुनु दुःखद् हो,’ उनले भने ।

जाँचबुझ समिति बनाएर अनुसन्धानको काम भैरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘१५ दिनको समय दिएर समिति बनाएका छौं । समितिले काम गरिसकेको छ । समितिको प्रतिवेदन अनुसार हामी कारवाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘आफ्नो छोरीको मृत्यु हुँदा गरेको व्यवहार अस्वाभाविक होला । तर, पनि डाक्टरमाथि हातपात भए नभएको समेत जाँच हुन्छ र दोषी देखिए कानुन अनुसार कारवाही हुन्छ ।’

परिवारका पक्षबाट पनि निवेदन आएको भन्दै प्रजिअ पौडेलले घट्नामा जो दोषी छ छानविन गरी कारवाही हुने बताए । घट्नालाई अतिरन्जित र उत्तेजित बनाउन नहुनेमा समेत उनले जोड दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ