२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा काेरोना महामारीको तयारी : ‘क्विक रेस्पोन्स टिम’ र ‘इमिडेट रेस्पोन्स टिम’ परिचालन

रुपन्देहीमा काेरोना महामारीको तयारी : ‘क्विक रेस्पोन्स टिम’ र ‘इमिडेट रेस्पोन्स टिम’ परिचालन


बुटवल – रुपन्देहीमा संक्रमण बढ्न थाले पछि कोभिड-१९ महामारीमा जिल्ला स्तरमा काम गर्न ‘क्विक रेस्पोन्स टिम’ र स्थानीय तहमा काम गर्न ‘इमिडेट रेस्पोन्स टिम’ बनाइएको छ ।

जिल्लामा समुदाय स्तरमा तिव्र रुपमा संक्रमण देखिन थाले पछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले दुइवटा समूह तयार गर्ने निर्णय गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘इमिडिएट रेस्पोन्स टिम’ परिचालन हुनेछ ।

डिसिसिएमसीको बैठकले पालिकाहरुमा अतिआवश्यक पर्ने सामाग्री खरिद गर्न सक्ने गरी अख्तियारी समेत दिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने ‘क्विक रेस्पोन्स टिम’मा स्थानीय पालिका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने छन् ।

त्यस्तै, ‘इमिडिएट रेस्पोन्स टिम’मा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानिय प्रहरी, स्वास्थ्यकर्मी लगायत सदस्य रहने छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ