२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द

रुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द


 बुटवल – कोभिड-१९ का कारण रुपन्देही जिल्ला प्रशासनले आफ्ना नियमित सेवाहरु बन्द गरेको छ ।  अधिकांश पालिकाहरुमा लकडाउन गरिए पनि जिल्ला प्रशासनबाट भने दैनिक सेवाप्रभाव भैरहेको थियो ।

जिल्लामा कोभिड–१९ संक्रमण समुदाय स्तरमा फैलन थाले पछि प्रशासन कार्यालयले शान्ति सुरक्षा लगायत अत्यावश्यक बाहेकका सेवाहरु भदौ ५ गते सम्मका लागि बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए ।

‘सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवालाई समेत न्युनिकरण गर्न अत्यावश्यक देखिएको हुदा नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते सम्मका लागि स्थगन गरेका छौँ ।’ ,सहायक प्रजिअ खडकाले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ