२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध

रुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध


बुटवल – कोभिड-१९ समुदाय स्तरमा तिव्र रुपमा फैलिँदै गए पछि रुपन्देही जिल्लालाई भदौ ७ गते सम्मका लागि लकडाउन गरिएको छ ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मंगवार एक आदेश जारी गर्दै आगामी भाद्र ७ गते राति १२ बजे सम्मका लागि अतिआवश्यक बाहेकका सेवा बन्द भएको बताएका हुन्।

प्रजिअ पन्थद्धारा जारी आदेशमा रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तत्काल थप सर्तकता अपनाउनु पर्ने भएकाले अतिवाश्यक बाहेका गतिविधि निषेध गरिएको भनिएको छ ।
यसअघि विभिन्न स्थानीय तहहरुले लकडाउन घोषणा गरे पनि जिल्लाले भने गरेको थिएन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ