२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनगर प्रमुखको नयाँ शैली : आयुर्वेद र स्वास्थ्यलाभको पत्र बोकेर होम आइसोलेसनमा

नगर प्रमुखको नयाँ शैली : आयुर्वेद र स्वास्थ्यलाभको पत्र बोकेर होम आइसोलेसनमा


बुटवल – बुटवल-११ का केशवराज ज्ञवाली कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । बुधबार उनी कोठामा मोबाइल चलाएर बसिरहेका थिए । त्यत्तिकैमा गेटमा नगर प्रमुखसहितको टोली औषधीको पोको बोकेर आएको देख्दा उनलाई खुसी लाग्यो ।

उनी भन्छन्, ‘यस्तो अभियानले मेरो मात्रै होइन धेरैको मनोबल बढाउँछ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी कोरोना संक्रमणका कारण होम आइसोलेसनमा रहेकाहरुको मनोवल बढाउन भन्दै घरदैलोमा पुग्ने गरेका छन् ।’ उनी घरघरमा जाँदा रित्तो हात जाँदैनन् बरु आयुर्वेद औषधीको कोसेली बोकेर जान्छन् । साथमा सचेतना पत्र र सावधानीका उपायहरु सहितको लिखत पनि थमाउँछन् । संक्रमितको घरदैलोमा पुगेर हौसला बढाउने र स्वास्थ्य लाभको कामना गर्ने यो नयाँ तरिका बुटवलमा सुरु भएको छ ।

संक्रमितहरुलाई समाजले विभेद गरेको गुनासो आइरहेका बेला सचेतना फैलाउने उद्देश्यले घरघरमा पुग्ने गरेको उनी बताउँछन् । ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बुटवलमा पनि बढिरहेको अवस्था छ । संक्रमण रोकथाम र संक्रमितको मनोबल नै मुख्य औषधी हो । त्यसको लागि हामी घरघरमा भेटघाट गर्दै मनोवल बढाउने काम गरिरहेका छौँ ।’ ,उनले भने ।

कोरोना भाइरसबाट संक्रमित हुन पुगेका र स्वास्थ्य सावधानीसहित होमआइसोलेसनमा बसेहरुलाई घरदैलोमै पुगेर नगरप्रमुखले भट्दा सकारात्मक सन्देश प्रभाव भएको स्थानीयको बुझाइ छ । नगरप्रमुखले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरुलाई पनि अपनाउन अपिल  गरिएको बताए ।

बुधबार मात्रै विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर प्रमुख सुवेदीले भेटघाट गरी स्वास्थ्य लाभको कामना सहित आर्युवेदिक औषधी दिएका छन् ।  लक्षण नदेखिएका संक्रमित र ‘कन्ट्याक ट्रेसिङ’मा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेसनमा राखिएका छन् । उनीहरुको अवस्था बुझ्न नगरप्रमुख घरघरमा पुग्ने गरी अभियान चलाएका हुन् ।

नगरप्रमुखको साथमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, होम आइसोलेसन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोली हुन्छ । टोलीले सुरक्षा प्रबन्धसहित संक्रमितको स्वास्थ्य लाभको कामना गर्ने गरेको छ ।
हाल कुनै औषधी नबनेका कारण संक्रमितको मनोबल बढाउन आवश्यक देखिएकोले अभियान संचालन भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
बुटवल उपमहानगरपालिकामा दिनहुँ संक्रमितहरुको संख्या बढ्दै गएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ