२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु

बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु


बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विषेश अस्पताल धागो कारखानामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचार भैरहेका प्युठान स्वर्गद्धारी ७ का ६४ वर्षीय पुरुषको शुक्रवार विहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए ।

भदौ १ गते देखि कोरोना अस्थायी अस्पतालमा उपचार गरिरहेका मृतक पुरुषमा कोरोना संक्रमणसँंगै दम र उच्च रक्तचापको समस्या देखिएको थियो । उनी साउनको अन्तिम साता भारतबाट आएको खुलेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ