२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा जारी लकडाउन एक हप्ताका लागि थपियो

रुपन्देहीमा जारी लकडाउन एक हप्ताका लागि थपियो


बुटवल – रुपन्देहीमा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । जिल्लास्तरीय कोभिड-१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले रुपन्देहीमा भदौ १४ गते राति सम्मका पूर्व घोषित निषेधाज्ञा जारी रहने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जनाकारी दिए ।

कोभिड-१९ समुदाय स्तरमा तिव्र रुपमा फैलिँदै गए पछि रुपन्देही जिल्लालाई गत मंगलवार लकडाउन गरिएको थियो । लकडाउन अवधी आइतवार राती सकिँदै थियो । जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रण गर्न तत्काल थप सर्तकता अपनाउनु पर्ने भएकाले अतिवाश्यक बाहेका गतिविधि निषेध गरिएको पन्थले बताए ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन हुन पाउने छैनन् । त्यस्तै पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने बताइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ