२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्वारेन्टाइन र आइसोलेसन केन्द्र बनाउन मुख्यमन्त्री पाेखरेलको निर्देशन

क्वारेन्टाइन र आइसोलेसन केन्द्र बनाउन मुख्यमन्त्री पाेखरेलको निर्देशन


बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवश्यकता अनुसार क्वारेन्टाइन र आइसोलेसन केन्द्र बनाउन निर्देशन दिएका छन् ।

सोमवार प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल संवादमा मुख्यमन्त्री पोखरेलले पिसिआर परीक्षण र कन्ट्याक ट्रेसिङको कामलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाइका साथ पालना गराउनु पर्ने बताए ।

कोरोना रोकथाम तथा उपचारमा भैरहेका प्रयास र गर्नुपर्ने कामबारे  मुख्यमन्त्री पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखि प्रवेश गराउन भनेका छन् । उनले भारतबाट आउनेहरुलाई होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड–१९ ले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्न समेत अग्रह गरेका छन् । उनले जिल्ला जिल्लामा कोभिड–१९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई थप प्रभावकारी बनाउन प्रजिअहरुलाई भनेका छन् ।

संवादमा सहभागि अधिकारीहरुले जिल्लागत रुपमा काम र समस्यालाई प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ