२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा कोभिड–१९ का कारण २३ जनाको मृत्यु

प्रदेश ५ मा कोभिड–१९ का कारण २३ जनाको मृत्यु


बुटवल– प्रदेश ५ मा कोरोना भाइरस (काेभिड–१९) को संक्रमणका कारण हालसम्म २३ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा प्रदेश ५ मा १ सय जना कोरोना संक्रमितहरु थपिएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । संक्रमितमध्ये ६९ पुरुष छन् भने ३१ जना महिला रहेको छन् ।

सबैभन्दा धेरै रुपन्देही जिल्लामा संक्रमित देखिएका छन् । जहाँ ५७ जना संक्रमित थपिएका छन् । यस्तै, प्युठानमा १८ जना, बाँकेमा ९ जना, बर्दियामा ६ जना, कपिलवस्तुमा ५ जना, पाल्पामा ४ र गुल्मीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेश ५ मा ४ हजार ५ सय ६६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएको र अझै १ हजार ६० जना संक्रमित उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ