२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण

मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण


बुटवल– गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका चिकित्सकसहित रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालका चिकित्सकसहित बुटवल उपमहानगरपालिका भित्रमात्रै ३५ जनामा कोरोना पुष्टी भएको बुटवल उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख कुन्दरकुमार सिंहले बताए ।

पछिल्लो २४ घण्टामा जिल्लामा ६ वटा स्थानीय तहमा ३१ पुरुष र २२ महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

योसँगै रुपन्देहीमा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जस मध्ये ३ सय ५१ जाना कोरोना भाइरस मुक्त भैसकेका छन् भने ४सय ५५ जना उपचाररत छन् । कोभिड–१९ का कारण ७ जनाले ज्यान गुमाइ सकेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ