२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि वितरण

तिलोत्तमाका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि वितरण


बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस संक्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ । शंकरनगरस्थित आइसोलेसन सेन्टर र घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो ।
नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको छ ।

घरमा आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिने नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किसकेका छन् । हाल आइसोलेसनमा ४६ जना मात्र छन् ।

नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको छ । गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, च्वानप्रास लगायतका आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गर्ने गरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इञ्चार्ज प्रकाश ज्ञवालीले बताए ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरिएको उनले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ