२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना संक्रमितको मृत्यु भएपछि श्राद्ध गर्ने पुरोहितसहित २५ जना आइसोलेसनमा

कोरोना संक्रमितको मृत्यु भएपछि श्राद्ध गर्ने पुरोहितसहित २५ जना आइसोलेसनमा


बुटवल– रुपन्देहीको सैनामैनामा कोरोना संक्रमणबाट मृत्यु महिलाको घरमा श्राद्ध गराउन गएका पुरोहितसहित श्राद्धमा सहभागि २५ जना होम आइसोलेसनमा बसेका छन् ।

बिहीबार बिहान मृत्यु भएकी सैनामैना ११ की ७७ बर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि बुधवार श्राद्धमा सहभागि २५ जना होम आइसोलेसनमा बसेका हुन् ।

७७ बर्षीय महिलाको उपचारका क्रममा बिहीवार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा बेड तथा भेन्टिलेटर खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो ।

उनका छोराको दुध डेरी रहेको र डेरीमा दुध लिन आउनेहरु समेत होम आइसोलेुसनमा बसेका सैनामैना वडा नं ११ का वडा अध्यक्ष सुनिल मरासिनीले बताए ।

घटना के हो ?

बुधवारको कुरा हो । घरमा श्राद्ध थियो । आफन्तहरु जम्मा भएका थिए । श्राद्धमा छरछिमेकीहरु समेत सामेल थिए । श्राद्ध सकिए पछि ७७ बर्षीय घर की मुली मान्छेसँग टिका आशिर्वाद लिने काम पनि भयो । उनलाई चारपाँच दिनदेखि खासै सन्चो थिएन् ।

श्राद्ध सेकेर उनलाई स्थानीय मेडिकलमा लगियो र मेडिकल कै सल्लाहमा उनलाई बुधवार साँझ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो । उनमा ज्वरो र कडा खालको निमोनिया देखिएकोले दु्रतविधीबाट पिसीआर गर्दा कोरोना संक्रमण पोजेटिभ देखियो । परिवारले भने सामान्य ज्वरो होला ठानेर घरमै उपचार गराइरहेका थिए ।

टोल नै सिल

मृतक महिलामा कोरोना पोजेटिभ देखिए पछि टोललाई नै सिल गरिएको छ । घरबाहिर निस्कनमा रोक लगाइएको वडा अध्यक्ष मरासिनीले बताए । सामान्य ज्वरो भनेर प्रत्यक्ष सम्पर्कमा आएकाहरु होम आइसोलेसनमा बसेको उनले बताए ।

‘उहाँको सम्पर्कमा गएका र उहाँको परिवारको सम्पर्कमा गएकाहरु गरी २५ जना होम आइसोलेसनमा हुनुहुन्छ,’ उनले भने, ‘केहीदिन मै २५ जनाकै पीसीआर परीक्षण गरिने र रिपोर्टअनुसार थप परीक्षण गर्नुपर्ने वा नपर्ने टुंगो लगाएर थप निर्णय लिइनेछ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ