२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुग्यो

रुपन्देहीमा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुग्यो


बुटवल—रुपन्देही जिल्लामा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखामा भेन्टिलेटरको सहायतामा उपचाररत बुटवल—८ मिलनचोकका ७८ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।

उनी विगत ९ दिनदेखि आइसोलेसन शाखामा उपचाररत थिए । योसँगै बुटवल उपमहानगरमा मात्रै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको रुपन्देहीका संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै गएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ