२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखा बुटवलमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको भएको छ । कुनै अन्य दीर्घ रोग नभएका दुई जना संक्रमितको मृत्यु भएकोे लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

उनका अनुसार मृतक एक जना बुटवल—११ रुपन्देहीका पुरुष हुन् भने अर्का एकजना नवलपरासी प्रतापपुर गाउँपालिकाकी महिला हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएकी ३७ वर्षाीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको उनले बताए । उनीहरुको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ