२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदाङमा जारी लकडाउन खुकुलो बनाइने

दाङमा जारी लकडाउन खुकुलो बनाइने


बुटवल – दाङमा जारी लकडाउनलाई केही खुकुलो बनाइने भएको छ । सोमबार देखि लागू हुने गरी लकडाउनको मोडालिटीमा केही फेरवदल गरिएको हो।

सोमबार देखि हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने छन् भने निजी सवारी साधन समेत संचालनमा आउने भएका छन्। यद्यपी, सवारी साधनका हकमा भने जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 

जिल्ला संकट व्यवस्थापन समितिको आइतवार बसेको बैठकले भदौको २८ गतेसम्म यस प्रकारको लकडाउन जारी राख्ने निर्णय गरेको छ । दिउँसो १२ बजेपछि भने नियमित रूपमा पूर्ववत लकडाउन हुने रिजालले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ