२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप एक जना संक्रमितको मृत्यु

बुटवलमा थप एक जना संक्रमितको मृत्यु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

अस्पतालको आईसीयुमा उपचाररत पश्चिम नवलपरासीका एकजना संक्रमित पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

मृतक सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुष हुन् । ती पुरुषमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. खनालले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ