२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना

रुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना


बुटवल –  रुपन्देहीमा कोरोना संक्रमण जित्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ ।  रुपन्देहीमा हाल सम्म कोरोना भाइरस मुक्त हुनेहरुको संख्या १ हजार १ सय पुगेको छ । यो संख्या जिल्लामा रहेका जम्मा संक्रमितहरुको झन्डै ५४ प्रतिशत हो ।

बुधवार जिल्लामा थपिएका ४० संक्रमित सहित कोरोना संक्रमण हुनेको संख्या १ हजार ८ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला स्वास्थय कार्यालयका अनुसार रुपन्देहीमा बुधबारसम्म ७ सय ४१ जना सक्रिय संक्रमित छन् । जिल्लामा कोभिड-१९का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ