२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ सरकारको निर्णय : जिल्ला अस्पतालहरुको स्तरवृद्धिदेखि शवबहान खरिदका लागि बजेट दिने

प्रदेश ५ सरकारको निर्णय : जिल्ला अस्पतालहरुको स्तरवृद्धिदेखि शवबहान खरिदका लागि बजेट दिने


बुटवल – प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पतालहरुलाई बेड थप सहित स्तर उन्नती गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले हाललाई प्रत्येक अस्पताललाई कम्तिमा ५० बेड सहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको कार्यालय बुटवलमा शुक्रबार बसेको बैठकले रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताल सहित कपिलवस्तु, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची, पाल्पा जिल्लाहरुमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

स्तर उन्नती गर्दा आवश्यक जनशक्तिका लागि पनि प्रद्श सरकारले दरबन्दी स्वीकृत गरेको छ । भैरहवाको भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालका लागि ७१–७१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै अन्य अस्पतालको लागि ६०–६० जनाको दरबन्दी स्वीकृत गरिएको छ । प्रत्येक वर्ष बजेट थप गरेर यी अस्पतालहरुको स्तरवृद्धि गर्दै लैजाने योजना सरकारले लिएको केसीले बताए ।

बैठकले शववाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका, रामग्राम नगरपालिकालाई सो रकम उपलव्ध गराउने निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ