२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशफ्रन्टलाइनमा खटिएका डा. खनाल भन्छन, ‘आफैं संक्रमित भएछु, कहाँबाट कोरोना घुस्यो रनभुल्लमा छु’

फ्रन्टलाइनमा खटिएका डा. खनाल भन्छन, ‘आफैं संक्रमित भएछु, कहाँबाट कोरोना घुस्यो रनभुल्लमा छु’


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रन्टलाइनमा खटिएका डा. खनाललाई कोरोना संक्रमण पुष्टी भएको आफैले समाजिक संजाल मार्फत आफू संक्रमित भएको सार्वजानीक गरेका हुन् ।

‘आफैं कोरोना संक्रमित बिरामी पो भएछु’ भन्दै समाजिक संजालमा लामो स्टाटस पोष्ट गर्दै उनले ज्वरोसँगै मध्ये रातिदेखि सुख्खा खोकीले अप्ठ्यारो पारेको बताए। उनले जीउ दुखेर भारी भएकोमा शंका लागेर बिहिबार बिहान पीसीआर टेस्ट गर्दा पोजिटिभ रिपोर्ट आएको जानकारी दिए ।

उनी अहिले होम आइसोलेसनमा छन् । निरन्तर सुख्खा खोकी लागेकाले र ज्वरो आएकाले आफू फोनमा सम्पर्कमा आउन असमर्थ भएको समते भनेका छन् ।

‘वर्षमा खास गरी यो सिजनमा घाँटी दुख्ने हल्का जीउ दुख्ने त प्राय हुन्थ्यो । कहाँबाट कोरोना घुस्यो, रनभुल्लमा छु । छिटै यसबाट पार पाएर काममा फर्किने छु ।,’ उनले भनेका छन् ।

चार पाँच दिनदेखि आफ्नो सम्पर्कमा आएकाहरुलाई शंकाका लक्षण देखिएमा अस्पतालको फीबर क्लिनिकमा आएर पीसीआर परीक्ष्ण गराउन पनि आग्रह गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ