२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबर्दियामा कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दियामा कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु


बाँके-कोरोना भाइरस (कोभिड–१९) बाट बर्दियाको गुलरिया नगरपालिका–७ का ५० वर्षका पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार दिउँसो २ः२५ बजेतिर उनको भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

मृतक बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रेस नोटमा उल्लेख गरेको छ ।

उनी २ वर्षदेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए । योसँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ