२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा उच्च पदस्थमा कोरोना संक्रमण

लुम्बिनी प्रदेशमा उच्च पदस्थमा कोरोना संक्रमण


बुटवल – लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई पनि कोरोना संक्रमण देखिएको छ । यस अघि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

शुक्रबार बिहान स्वाब परीक्षण गराएका घर्तीको पोजेटिभ रिपोर्ट आएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।घर्ति कोरोना संक्रमण देखिए पछि क्याटर मै आइसोलेनमा बसेका छन् ।

गत मंगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ ।

बैठकमा सहभागी मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ