२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा १ घण्टाभित्र रिपोर्ट आउने स्वचालित पिसिआर मेसिन जडान

लुम्बिनी प्रदेशमा १ घण्टाभित्र रिपोर्ट आउने स्वचालित पिसिआर मेसिन जडान


बुटवल – कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको लुम्बिनी प्रदेशमा प्रदेश सरकारले स्वचालित पिसिआर मेसिन जडानलाई प्राथमिकता दिएको छ । कारोना नियन्त्रणका लागि बजेट नै छुट्टाएर काम गरिरहेको प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पिसिआर परिक्षणकालागि पूर्ण स्वचालित मेसिन जडान गरेको हो ।

योसँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् । लामो समय रिपोर्ट नआएको गुनासो आइरहेका बेला प्रदेश सरकारले पूर्णस्वचालित मेसिन जडान गरेको छ । तर अब सो ३ वटा मेसिनहरुले अटोमेटिक रुपमा काम गर्ने र रिपोर्ट छिटो तयार हुने बुझिएको छ ।

स्वचालित ‘आरएनए एक्सट्रक्सन मेसिन’बाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका इञ्चार्ज प्रेम यादवले बताए । म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । मेसिन जडान भए पछि ६ गुणा सम्म छिटो काम हुने उनको विश्वास छ ।

हाल प्रयोगशालामा जडान भएको स्वचालित मेसिनबाट एक पटकमा २४ वटा नमूना जाँच गर्न सकिने छ । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने भएकाले नतिजा प्रभावकारी हुने उनले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको जनाएको छ । नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

दायरा बढाउन म्यानुअल र स्वचालित दुबै मेसिनले परिक्षण भैरहेको र दशैँ अघि संक्रमण भएका सबै ब्याक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने मन्त्री बरालको दाबी छ ।

रिपोर्ट आउन बाँकी कति छन् ?

प्रदेशका अधिकांश ल्यावहरुमा रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्ने गरेको छ । नमूनाको चाँप बढीहुँदा तुरुन्त रिपार्ट दिन नसकिएको गुनासो प्रयोगशालाहरुको छ । हाल प्रदेश जनस्वास्थ्य प्रयोगशालामा झन्डै ६ सयको हाराहारीमा नमूनाहरु पेन्डिङ्गमा छन् । पूर्ण स्वचालित मेसिनहरुबाट नै चाँप कम गर्न सकिने प्रयोगशालाहरुको विश्वास छ ।

लुम्बिनी प्रदेशमा हाल सम्म ३० हजार बढी नमूना परिक्षण भएका छन् । लुम्बिनी प्रदेशमा ६ वटा सरकारी र दुई वटा निजी प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।

कहाँ कहाँ छन् स्वाचालित मेसिन ?

जुन प्रयोगशालामा स्वाचालित मेसिन छन् त्यहाँको रिपोर्ट छिटो आउने गरेको पिसिआर दिएकाहरुको अनुभव छ । लुम्बिनी प्रदेशमा हाल तीन वटा मात्र स्वचालित मेसिन छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल बाँके र प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरि तीनवटा पूर्ण स्वचालित मेसिन छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ