२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा कोभिड-१९का विरामीको नि:शुल्क उपचार हुने

लुम्बिनी प्रदेशमा कोभिड-१९का विरामीको नि:शुल्क उपचार हुने


बुटवल – लुम्बिनी प्रदेशमा कोभिड-१९का विरामीको निशुल्क उपचार हुने भएको छ । संघीय सरकारले कोभिड-१९का विरामीको उपचार गर्न नसक्ने भनेर हात निकालेको अवस्थामा लुम्बिनी प्रदेशले भने उपचार यथावत हुने जनाएको हो ।

हाल लुम्बिनी प्रदेशका चारवटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि उपचार भैरहेको छ । ती चारवटै अस्पतालहरुमा पूर्ववत निशुल्क उपचारको व्यवस्था रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए ।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’ उनले समाजिक संजालमा लेखेका छन् ।

प्रदेश सरकारको यो कदम सही भएको भन्दै प्रशंसा समेत भएको छ । स्थानीय अगुवाहरुले संघीय सरकारले समेत प्रदेशको निर्णय अनुसरण गर्न सुझाव समेत दिएका छन् ।

लुम्बिनी प्रदेशमा विरामीको चाप भने बढी रहेको छ । बिरामीको चाप को कारण आईसियु र भेन्टीलेटर नपाएर ३ जनाले ज्यान गुमाईसकेका छन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ