२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा एकैदिन १३ जना संक्रमितको मृत्यु, बेड अभावमा बिरामीको विचल्ली

रुपन्देहीमा एकैदिन १३ जना संक्रमितको मृत्यु, बेड अभावमा बिरामीको विचल्ली


बुटवल – रुपन्देहीमा थप १३ जना बिरामीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत १३ जना संक्रमितले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

योसँगै जिल्लामा कोभिड-१९ का कारण मृत्यु हुनकोको संख्या २ सय ३३ पुगेको छ ।

जिल्लाका कोभिड अस्पतालहरुमा बेड अभाव हुँदा बिरामीको अवस्था  विचल्ली छ । अस्पतालमा बेड नहुँदा बिरामीहरु गल्लीहरु मै छटपटाएको देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, भिम अस्पताल भैरहवा, मेडिकल कलेज भैरहवा लगायतका कोभिड अस्पतालहरुमा बेड अभाव छ ।

यसैबीच रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये धेरै जसोलाई अक्सिजन सपोर्ट चाहिने हुँदा अवस्था भयाभह बन्दै गएको छ ।

यो सँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ । २४ घण्टामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका हुन् ।

सिद्धार्थनगर नगर पालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सैनामैना नगरपालिकामा ४३ जना र देवदह नगरपालिकामा ३६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा ३२ प्रतिशत सक्रिय संक्रमित छन । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ