गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ? हेल्थ आवाज बुधबार, २०७८ साउन २७ गते, १६:०३ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल हटाइएका छन् । बुधबार विहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खनाललाई मेसुबाट हटाएको हो । प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रस्तावमा डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । डा. खनाल २०७६ मंसिरदेखि लुम्बिनी प्रादेशिक अस्पतालका मेसु थिए । उनको ठाउँमा डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसु बनाउने प्रस्ताव गरिएको छ । डा. ढकाल हाडजोर्नी विशेषज्ञ हुन् । तर, उनी नै मेसु बन्ने नबन्ने निश्चित भने भइसकेको छैन । यस्तै, आइसोलेसन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने र कार्यरत स्वास्थ्यकर्मीको म्याद थपको निर्णय पनि प्रदेश क्याबिनेटले गरेको छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर