२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकैलालीको सत्तीमा स्वास्थ्य शिविरमा १ हजार ४ सय ८० जनाको निःशुल्क उपचार

कैलालीको सत्तीमा स्वास्थ्य शिविरमा १ हजार ४ सय ८० जनाको निःशुल्क उपचार


नेपालगन्ज–नेपालगन्जमा संचालन हुँदै आएको वेष्टर्न अस्पतालले कैलालीको सत्तीमा एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा जनरल मेडिसिन, स्त्री रोग र हाडजोर्नी र नाक, कान, घाटी सम्बन्धि समस्या भएका बिरामीहरुलाई वेष्टर्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परामर्शका साथै उपचार सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य सम्बन्धि समस्या भएपनि गरिबी र अभावका कारण उपचार सेवा पाउन नसेका बिरामीहरुलाई लक्षित गरी अस्पतालले टिकापुर नगरपालिका–७ र सामाजिक सहकारी संस्थासँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।

शिविरमा आएका बिरामीहरुलाई वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कल्पना थापा, हाडजोर्नी रोग विशेषज्ञहरु डा. किरन गुरुङ, डा. वसन्त सापकोटा र नाक, कान, घाटी रोग विशेषज्ञ डा. रवि स्वाँर र डा. राहुल थापाले स्वास्थ्य परामर्शका साथै उपचार सेवा प्रदान गरेका थिए ।

विगत १९ वर्ष पहिले सुरु भएर हाल एक सय बेडको क्षमतामा सचालन भई रहेको वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसुती तथा स्त्री रोग, नाक, कान, घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धि उपचार सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धि गर्नु सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ शैय्याको लेभल ३ आईसीयु सेवा संचालन गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ