२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कञ्चनमा निःशुल्क आँखा परिक्षण

कञ्चनमा निःशुल्क आँखा परिक्षण


बुटवल—जी २५ क्वल बुटवल ११ देवीनगरको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको छ ।

कञ्चन गाउँपालिका वडा नं. १ लौसामा भएको शिविरमा २०८ जनाले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये १४ जनामा मोतियाबिन्दु भेटिएको चिकित्सकलाई उदृत गर्दै क्लबका महासचिव जगदिश न्यौपानेले जानकारी दिए ।

लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा भएको आँखा स्वास्थ्य शिविरमा सोही अस्पतालको चिकित्सकहरुको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो ।

शिविरमा आँखा चेकजाँच गराएकाहरुलाई आँखाको स्याहार सम्बन्धि परामर्श सेवासमेत प्रदान गरिएको थियो भने आवश्यक पर्नेलाई निःशुल्क औषधी समेत प्रदान गरिएको क्लवले जनाएको छ । शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने क्लवका अध्यक्ष देवलाल अर्गालीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ