गृहपृष्ठ ∕ प्रदेश १ ∕ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ ह्याण्ड सेनिटाइजरको कालो बजारी गर्ने २ जना पक्राउ हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १८:३० मा प्रकाशित सुनसरी-अवैध रुपमा ह्याण्ड सेनिटाइजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई पक्राउ परेका छन् । मंगलबार इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक र अर्का एक जना कस्मेटिक पसल सन्चालक पक्राउ परेका हुन् । स्थानीय ३० वर्षीय अतित गुरागाईले अनुमति नलिई सौर्य नामक ह्याण्ड सेनिटाइजर उत्पादन गरेका थिए । उनले मापदण्डविपरित उत्पादन गरिएको उक्त सेनिटाइजर इटहरी-६ का ४५ वर्षीय अमर जित गोस्वामीको कस्मेटीक पसल जे.बी. इन्टप्राईजेजमा भण्डारण राखेका थिए । प्रहरीले उक्त अवैध सेनिटाइजरसहित दुवै जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मूल्यभन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ३० एमएलका १७७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सेनिटाइजर उत्पादक र विक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरेको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया विराटनगरस्थित कोशी अस्पतालमा युवतीको मृत्यु, आफन्तद्धारा लापरवाहीको आरोपमा प्रदर्शन विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न