२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १२२ संक्रमित थपिए, मोरङमा ८४ जना

प्रदेश १ मा १२२ संक्रमित थपिए, मोरङमा ८४ जना


विराटनगर—प्रदेश १ मा आइतबार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १–१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौबिसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४ सय ४४ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ