२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बजेटमा खोपलाई पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

बजेटमा खोपलाई पहिलो प्राथमिकता : मुख्यमन्त्री राई


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । प्रदेश १ प्रदेशसभाको आठौं बर्खे तथा बजेट अधिवेशनमा सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बाताएका हुन् ।

प्रदेश १ मा १ लाख ३५ हजार ४ सय डोज खोप आएको जानकारी दिंदै मुख्यमन्त्री राईले मापदण्ड तय गरेर व्यवस्थित ढंगबाट खोप लगाउने तयारी गरिएको बताए । प्रदेशमा ६० देखि ६४ उमेर समूहको व्यक्तिलाई लगाउन १ लाख ४५ हजार ४ सय डोज खोप आएको बताए ।

‘अहिले आएकोे खोपलाई व्यवस्थित ढंगबाट मापदण्ड तय गरि सबै ठाउँमा पु¥याउने काम भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘खोप प्रभावकारी देखिएकोले प्रदेश सरकारले यसलाई प्राथामिकतामा राखेको छ ।’ प्रदेशका सम्पूर्ण नागिकरलाई खोप पु¥याउन संघिय सरकार सँग पाँच पटक छलफल गरेको पनि जानकारी गराए । ‘

६० प्रतिशत नागकिरलाई खोप लगाउनु पर्दछ । खोपको लागि बजेट बिनयोजन गरिनेछ । नागिरकहरुको सुरक्षामा प्रदेश सरकार सम्बेधन सिल छ,’ मुख्यमन्त्री राईले भने ।

विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रलाई भविष्यमा सुविधा सम्पन्न प्रदेश अस्पतालाको रुपमा रुपान्तरण गर्न पनि प्रदेश सरकार अगाडी बढेको मुख्यमन्त्री राईले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ