२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ७ तलाको अत्याधुनिक भवन बन्दै, कुन तलामा के रहनेछ ?

कोशी अस्पतालमा ७ तलाको अत्याधुनिक भवन बन्दै, कुन तलामा के रहनेछ ?


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न भवन बन्ने भएको छ । ३३ करोड २२ लाख ३८ हजार ९ सय ११ रुपैयाँ लागतमा सुविधासम्पन्न भवन निर्माण हुने भएको हो ।

उक्त लागतमा पहिलो चरणमा अन्डरग्राउण्डसहितको चार तलाको भवन बन्नेछ । बहु–वर्षीय योजनाअनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ ।

भवन निर्माणको लागि ठेक्का प्रक्रिया पूरा भएर बुधबार ठेकेदार कम्पनी रमन भूमी बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगर बीच सम्झौता भएको इकाईका सूचना अधिकारी इन्जिनियर अशोककुमार रामले जानकारी दिए ।

‘कोशी अस्पतालको अत्याधुनिक भवन निर्माणको लागि ठेक्का प्रक्रिया पूरा भएर सम्झौता भएको छ,’ उनले भने, ‘अब निर्माणको प्रक्रिया अगाडि बढनेछ ।’ चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । ‘अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको छ,’ इन्जिनियर रामले भने ।

दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्या क्षमताको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछन् । चौथो तलाको क्षमता पनि ५० शैय्याको हुनेछ ।

पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ ९ सय ११ रुपैयाँ ३३ पैसामा रमन भूमीले ठेक्का पाएको हो । ‘पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछन्,’ उनले भने ।

मास्टर प्लान्टअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ ।

भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ । सम्झौता भएपछि चाँडै भवन निर्माणको प्रक्रिाय अगाडि बढने बताइएको छ ।

हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ सय शैय्या पु¥याइने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ