२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानको समस्या समाधान गर्न सरकारद्वारा ८ सदस्सीय कार्यदल गठन

विपी प्रतिष्ठानको समस्या समाधान गर्न सरकारद्वारा ८ सदस्सीय कार्यदल गठन


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न सरकारले ८ सदस्सीय कार्यदल गठन गरेको छ । सरकारले प्रधानमन्त्री कार्यलयका सचिवको नेतृत्वमा ८ सदस्सीय कार्यदल तथा जाँचबुझ समिति गठन गरेको हो ।

प्रधानमन्त्री कार्यलयका सचिव डा. बैकुण्ठ अर्यालयको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री कार्यलयका सहसचिव, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय, विपी प्रतिष्ठान, सार्वजनिक खरिद अनुगमन कार्यलयलगायतका प्रतिनिधी रहेका छन् ।

कार्यदलले शुक्रबारदेखि नै काम अगाडि बढाएको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ । विपी प्रतिष्ठानमा लामो समयदेखि प्रतिष्ठान शुद्धीकरण र सुधारको माग गर्दै आन्दोलन जारी रहेको छ ।

कार्यदलले विपी प्रतिष्ठानमा देखिएको समस्या समाधान पहिल्याउने विश्वास गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ