२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड–१९ को तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

कोभिड–१९ को तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन


विराटनगर-प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको तयारीमा जुट्न निर्देशन दिएकी छन् । विज्ञहरुले कोभिड–१९ को तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले सो निर्देशन दिइन् । ‘हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहनु पर्दछ । कोभिडले निम्त्याउने समस्या र चुनौतीलाई सबैले मिलेर मात्र रोक्न सकिन्छ ।’

कोभिड–१९ परास्त गर्नका लागि सबै एकजुट भएमात्र सम्भव हुने उनको भनाइ थियो । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोभिड–१९ संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको जानकारी दिइन् ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ