२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विश्व फार्मेसी दिवस विराटनगरमा मनाउँदै

विश्व फार्मेसी दिवस विराटनगरमा मनाउँदै


विराटनगर-नेपाल फर्मासिटिकल एसोसिएसनले विश्व फार्मेसी दिवस मनाउने भएको छ । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरेर शनिबार विश्व फार्मेसी दिवस मनाउने भएको हो । हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्व फार्मेसी दिवसको अवसर पारेर शनिबार विहान औषधी व्यवस्था विभाग विराटनगरमा भेला हुने र त्यसपछि विराटनगरस्थित श्रीकृष्ण होटलमा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको नेपाल फर्मासिटिकल एसोसिएसनका प्रचार सचिव तथा नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख समेत रहेका संजीव शर्मा कट्टेलले जानकारी दिए ।

औषधी क्षेत्रका विज्ञ र फार्मेसीसँग सम्बन्धित व्यवसायी, सरोकारवालाहरूसँग अन्तक्रिया हुनेछ । सोही अवसरमा एनपीएको संस्थापक अध्यक्ष डा. पुरूषोतम नारयण सुवाललाई पनि सम्मान गरिने भएको छ । फर्मासिस्टको क्षेत्रमा उल्लेखिनिय योगदान पु¥याएका डा. सुवाललाई विश्व फार्मेसी दिवसको अवसर पारेर सम्मान गरिन लागेको हो ।

डा. सुवालले तत्कालीन शाही औषधी लि. रोयल ड्रग रिर्सच ल्याबटोरी र औषधी व्यवस्था बिभागको स्थापनामा उल्लेखिय भूमिका निर्भाह गरेका छन् । नेपालमा आएर सरकारी क्षेत्रबाट फर्मासिस्टमा काम गर्ने डा. सुवाल पहिला व्यक्ति हुन् । उनले बेलायतमा पढेर नेपाल आएका थिए । उनले जुद्ध रिसर्च ल्याबमा पनि काम गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ